काठमाडौं । मधेस प्रदेश सभामुखका लागि आज निर्वाचन हुने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार शनिबार दिउँसो १ बजे बसेको मधेस प्रदेशसभा बैठकमार्फत सभामुख निर्वाचनको कार्यतालिका तय गरिएको छ ।
निर्वाचनमा सातदलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिलोकी प्रसादलाई सभामुखको उम्मेदवार बनाएको छ ।
यसअघि पदअनुकूलको आचरण नगरेको आरोप लगाउँदै सातदलीय गठबन्धनले तत्कालीन सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुई तिहाइ बहुमतका आधारमा पदमुक्त गरेको थियो । मण्डल पदमुक्त भएपछि रिक्त रहेको सभामुख पदका लागि नयाँ चयन प्रक्रिया अघि बढाइएको हो ।
आजको प्रदेशसभा बैठकबाट नयाँ सभामुख चयन हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया