काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले पार्टी संयम भएर अघि बढ्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीलाई बधाई दिँदै योगेशले सम्पन्न महाधिवेशनले सकारात्मक सन्देश दिएको समेत बताए ।
‘नेकपा एमालेको ११ औ महाधिवेशन सम्पन्न भएको छ । यसको आन्तरिक तयारी, ब्यवस्थापन र संदेशका बारेमा समिक्षा हुने नै छ । भाद्र २३ र २४ को घटना पछिको प्रतिकुल परिवेशमा सम्पन्न यो महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक रहेको छ,’ योगेशले भनेका छन् ।
त्यसो त ओलीले बिहीबार नै एमालेमाथि जेनजी आन्दोलनको विषय जोडेर अनुसन्धान गर्न खोजिए देश ठप्प पार्नेदेखि सरकार ढाल्नेसम्मका चेतावनी दिएका थिए । त्यसमा काउण्टर दिँदै पूर्वमन्त्री समेत रहेका योगेशले एमालेपंक्ति संयम र धैर्यताका साथ अघि बढ्ने बताए ।
‘अब सिंगो एमाले पंक्तिले संयम र धैर्यताकासाथ अघि बढ़ेर मुलुकको संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई पुनर्स्थापित गर्न अगुवाई गर्नु पर्दछ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया