एमाले महाधिवेशन : कसले कति पाए मत ? [सूचीसहित]

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् ।

पदाधिकारीतर्फ १९ जनामध्ये १७ जना अध्यक्ष ओली पक्षका उम्मेदवार विजयी भएका छन् भने २ जना ईश्वर पोखरेल प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । यससँगै पार्टीको शीर्ष नेतृत्वमा ओली पक्षको स्पष्ट बहुमत कायम भएको छ ।

महाधिवेशनबाट केन्द्रीय सदस्यहरूको समेत मतपरिणाम सार्वजनिक भइसकेको छ । पार्टी विधानअनुसार एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध चयन भएका थिए भने बाँकी पदका लागि मतदानमार्फत प्रतिनिधिहरूले नेतृत्व चयन गरेका हुन् ।

नयाँ नेतृत्व चयनसँगै एमालेले आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण र आगामी निर्वाचनका तयारीलाई तीव्रता दिने अपेक्षा गरिएको छ । 

महाधिवेशनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई संस्थागत रूपमा टुंगो लगाउँदै नयाँ कार्यकालका लागि नेतृत्वलाई औपचारिक वैधता दिएको एमाले नेताहरूले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?