कल्याणकारी समाजको अध्यक्षमा जेनजी शहीद धिरजका बुबा नारायण श्रेष्ठ

लोकपथ
756
Shares

काठमाडौं । जेनजी परिवारसहितको कल्याणकारी समाजले नयाँ नेतृत्व पाएको छ ।

हालका अध्यक्ष भोजविक्रम थापाले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यसमितिका सदस्य रहेका नारायण श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

नारायण जेनजी आन्दोलनका क्रममा शहीद भएका धिरज श्रेष्ठका बुबा हुन् । भदौ २४ को जेनजी आन्दोलनका क्रममा बालाजुमा प्रहरीको गोली लागेर धिरजको निधन भएको थियो । सरकारले धिरजसहित ४५ जनालाई शहीद घोषणा गरेको छ ।

त्यस्तै श्रेष्ठ अध्यक्ष बनेपछि खाली रहेको सदस्य पदमा गणेशप्रसाद चौलागाईँलाई मनोनित गरिएको छ । यता अध्यक्षबाट राजीनामा दिएका थापालाई सल्लाहकारमा मनोनित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?