लाइनमा बसे देशभरबाट आएका प्रतिनिधि, मतदानस्थलमा पुगे ओली

लोकपथ
609
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान केहीबेरमा सुरु हुँदैछ ।

मंगलबार अपरान्ह ४ बजेबाट मतदान गर्ने भनिएको थियो । तर प्राविधिक कारणले मतदानमा ढिलाइ भएको हो । नेकपा एमालेको निर्वाचन समितिले ७ बजेबाट मतदान सुरु गर्ने भने पनि अझै मतदान सुरु भएको छैन । यद्यपि मतदाताहरु भने लाइनमा बसेका छन् ।

दिनभर आफ्नो पक्षका उम्मेदवारलाई मत माग्न व्यस्त देखिएका प्रतिनिधिहरु मत माग्न लाइनमा बसेका हुन् ।

यसैबिच वर्तमान अध्यक्ष एवं अध्यक्षका उम्मेदवार केपी शर्मा ओली मतदानस्थल भृकुटीमण्डपमा पुगेका छन् । ओली बन्दसत्र गरिएको हलको मञ्चमा पुगेका छन् भने अन्य पदाधिकारी तथा सदस्यका उम्मेद्वारहरु समेत सोही हलमा प्रवेश गरेका छन् ।

एमालेको ११औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?