बालुवाटारमा प्रदर्शन गर्ने मिराज ढुंगाना समूहका दुई जना पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौतामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन गर्ने दुई जना पक्राउ परेका छन् ।

मंगलबार अपरान्ह जेनजीका अगुवा मिराज ढुंगाना समूहका केही जेनजी युवाहरु प्रदर्शनका लागि पुगेका थिए । उनीहरुले सरकार र जेनजी प्रतिनिधिबिच मंसिर २४ गते भएको सम्झौता समेत च्यातेका थिए ।

प्रधानमन्त्री निवास परिसरमा प्रदर्शनको तयारी गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले लोकपथलाई जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा प्रकाश शर्मा र अमृतकुमार बोहरा रहेका छन् ।

‘प्रधानमन्त्री निवास बालुवाटार परिसरमा जेनजी र सरकारबिच भएको सहमतिको राजपत्रमा प्रकाशित सूचना च्यात्ने लगायतका गतिविधि गरिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएका छौँ,’ एसपी भट्टराईले लोकपथसँग भने ।

त्यसो त जेनजीको मिराज ढुंगाना समूहले सिंहदरबार, प्रधानमन्त्री निवास आसपास प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?