उपाध्यक्षमा रघुजी पन्त र केन्द्रीय सदस्यमा सुहाङ नेम्वाङलाई राखेर ओली पक्षले बाँड्यो सूची

लोकपथ
3.7k
Shares

काठमाडौं । आफूहरूलाई केपी शर्मा ओलीको समूहमा नराखेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त र सुहाङ नेम्वाङलाई अन्ततः ओली समूहले आफ्‌नै समूहमा राखेर त्यसको सूची महाधिवेशन प्रतिनिधिहरूलाई बाँडेको छ । 

ओली समूहको सूचीमा नपरेपछि पन्तले उपाध्यक्ष र सुहाङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । पन्त र सुहाङलाई सूचीमा नराखेको भन्दै ओलीको आलोचनासमेत भएको थियो । पदाधिकारीको सूचीमा नराखेको भन्दै पन्त ओली समूह छाडेर ईश्वर पोखरेल समूहमा आएको चर्चा पनि चलेको थियो । तर ओलीले उपाध्यक्षमा अघि सारेका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि ओली समूहले पन्तलाई आफ्‌नो समूहमा राखेको हो । 

यस्तै सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ । सुहाङ स्वर्गीय नेता सुवास नेम्वाङका छोरा हुन् । 

एमालेको नयाँ नेतृत्व चयनका लागि अब केहीबेरमा मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?