काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा कृष्णकुमार श्रेष्ठ (किसान)ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । गत महिनामात्र एमालेमा फर्किएका श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएसँगै श्रेष्ठले आफूलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले माया गर्ने विश्वाससमेत व्यक्त गरे । ‘म पुंरानै घरमा जुन दिन फकिएँ त्यही दिनबाट मैले नेता तथा कार्यकर्ताहरुबाट अपार माया, विश्वास र सम्मान पाएको छु,’ उनले भने, ‘अब त्यो मायालाई मतमा बदल्नु हुनेछ भन्नेमा विश्वस्त छु ।’
नेकपा एमालेको नयाँ नेतृत्वका लागि पौष १ गते मतदान हुँदैछ । नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया