अध्यक्षका लागि ओली–पोखरेल आमनेसामने

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मनोनयन चलिरहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आगामी अध्यक्ष पदका लागि २ जना चुनावी मैदानमा छन् ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः तेस्रो पटक अध्यक्ष बन्न उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् भने उनलाई टक्कर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिने तयारीका साथ मैदानमा आएका छन् ।

केहीबेरअघि दुवैले आ–आफ्नो उम्मदेवारी दर्ता गराएका छन् । पहिले पोखरेल र दोस्रोमा ओलीले उम्मेवारी दर्ता गराएका हुन् । नेकपा एमालेले ११औँ महाधिवेशन सर्वसम्मत गर्ने तयारी गरेको थियो । तर पोखरेल समूहले ओलीका नाममा मात्र सहमति नहुने बरु निर्वाचनमा जाने अडान लिएपछि फरक परिवेशबाट महाधिवेशन अघि बढेको हो । त्यसो ओली पक्षलाई नेता व्यवस्थापनका लागि भने हम्मेहम्मे देखिएको छ । धेरै नेताहरु रहेका कारण उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा कतिपय नेताहरु भने पोखरेल समूहमा पुगेका छन् ।

०७८ सालमा चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट ओली टिममै रहेर पोखरेल वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

आइतबारको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष समेत हटाउँदै पदाधिकारी १५ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ । ११औँ महाधिवेशनबाट देशभरबाट आएका र मनोनीत गरी २२६२ प्रतिनिधिले मतदान गर्दैछन् ।

मंसिर २७ गते शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन पुस १ गते मंगलबार मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?