काठमाडौं । साताको पहिलो कारोबारका दिन सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २२ सयले वृद्धि भएको हो ।
अघिल्लो दिन २ लाख ५६ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज २२ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले घटेर ३८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया