काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि सर्लाहीका ठूला नेताहरूको नाम समानुपातिक उम्मेदवारको रूपमा केन्द्रमा सिफारिस गरेको छ ।
शनिबार सर्लाही जिल्ला समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको हो । अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट दुई पटक चुनाव हारिसकेका थिए भने २०७९ को निर्वाचनमा महोत्तरी–३ बाट विजयी भएका थिए ।
त्यस्तै, सर्लाही–१ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही–४ बाट महासचिव मनिष मिश्र र सर्लाही–३ बाट सचिव रामेश्वर रायको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
सर्लाही–२ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठकको नाम सिफारिस भएको छ ।
समानुपातिक उम्मेदवारमा अध्यक्ष ठाकुरसहित अञ्जुदेवी बैठक, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया