सञ्चारमन्त्री खरेलले भेटे शहीद सुरेश रजकका परिवार 

लोकपथ
70
Shares

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मृत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता  गरेका छन् । 

सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेट गरेका हुन्  । 

मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताए । शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैँ सम्झिरहने उल्लेख गरे। पत्रकारको कार्यस्थलमा मृत्यु हुने अवस्था सिर्जना हुनु दुःखद् भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनेमा राज्य शर्तक रहेको पनि उनले बताए  । 

पत्रकार रजकको २०८१ चैत्र १५ गते राजावादीहरूको गरेको आन्दोलनका क्रममा मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?