सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौताप्रति एमालेको आपत्ति

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेले मंसिर २४ गते सरकार र जेनजीका प्रतिनिधिहरुबिच भएको सम्झौताप्रति आपत्ति जनाएको छ ।

११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बसेको एमाले सचिवालय बैठकले उक्त सम्झौताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारले संविधान र कानुन भन्दा बाहिर गएर सम्झौता गरेको भन्दै त्यसलाई मान्न नसकिने समेत उनले बताए ।

त्यसो त यसअघि नै एमालेले जेनजी र सरकारबिच भएको सहमतिबारे आपत्ति जनाएको थियो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सरकार र जेनजीका प्रतिनिधिबिच मंसिर २४ गते विभिन्न सम्झौता भएको थियो । उक्त सम्झौताले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने लगायतका निर्णय समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?