मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री कार्की, ४ मन्त्री थपिँदै

लोकपथ
560
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

गत भदौ २७ गते शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले शुक्रबार चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आज ४ मन्त्री थप्ने र आजै शपथको तयारी गरिएको छ ।

आज थपिन लागेका मन्त्रीहरुमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुने गरी राष्ट्रपति भवन शीतल निवासमा तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?