काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरु अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार सिंहदरवारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए ।
अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभुति दिलाउने काम गर्न पनि सरकारालाई सचेत गराए ।
उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिस कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पारे ।
अध्यक्ष मगरले मानव अधिकारको रक्षाका लागि सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि पनि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘भ्रष्टाचार मौलायो, सुशासन कमजोर भयो भने मानव अधिकार पनि ओझेलमा पर्दछन्ं । यसकारण पनि मानव अधिकारको रक्षाका लागि, मानव अधिकार सबैले उपभोग गर्ने वातावरणका लागि पनि सरकारले के गर्नुपर्छ भने सुशासन कायम गर्नु पर्दछ । भ्रष्टाचारलाई हटाउनु पर्दछ । निर्मूल गर्नुपर्दछ । अथवा यसलाई निर्मूल पार्नका लागि उचित कदम चाल्नुपर्ने हुन्छ मानव अधिकारको रक्षाको लागि पनि । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसहरु कार्यान्वयनमा हामी प्रतिवद्ध छौ भनेर मुख्य सचिवजीले भन्नुभयो । यो हामीले आश्वासन पाएको धैरै भइसक्यो । समिति पनि गठन भइसक्यो । तर यो कार्यान्वयन हुन सकेको छैन । आशा छ–हाम्रो मुख्यसचिवज्युको जुन आश्वासन छ । त्यो सफलीभुत हुनेछ । हाम्रा सिफारिसहरु कार्यान्वयन हुनेछन् । पीडितहरुले क्षतिपूर्ति पाउनेछन् । उहाँहरुले पनि मानव अधिकारको प्रत्याभुति भएको अनुभव गर्नेछन् ।’
अध्यक्ष मगरले सुशासन कमजोर भएका कारण मुलुकमा मानव अधिकार हनन्का घटनाहरु बढन गएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया