भद्रपुरमा सर्वोत्तम सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४०८ जनाले लिए सेवा

लोकपथ
0
Shares

झापा । सर्वोत्तम सिमेन्टले झापाको भद्रपुरमा  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय बासिन्दालाई लक्षित शिविरमा कुल ४०८ जनाले स्वास्थ्य परीक्षण गराएको कम्पनीले जनाएको छ ।

शिविरमा वरिष्ठ फिजिसियन, स्त्रीरोग विशेषज्ञ, नेत्र विशेषज्ञ, छाला रोग विशेषज्ञसहित २२ जनाको चिकित्सा टोली सहभागी थियो । स्वास्थ्य परीक्षणसँगै सेवा लिने सर्वसाधारणलाई निःशुल्क औषधि वितरण पनि गरिएको थियो ।

उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडा नं. ९ का अध्यक्ष रामप्रसाद दाहाल तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का अतिथिका रूपमा उपस्थित थिए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता शिविर निरन्तर सञ्चालन गर्ने योजना रहेको उपमहाप्रबन्धक घिमिरेले बताएका छन् । उनले कम्पनीले समुदायमुखी विभिन्न कार्यक्रम अघि बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?