बजारमा दुई दर्जन इन्टरनेट कम्पनीहरूको हालीमुहाली, कसको वर्चस्व कति ?

लोकपथ
154
Shares

काठमाडौं । नेपाली बजारमा इन्टरनेट कम्पनीहरू बाढी नै छ । करिब दुई दर्जन बढी कम्पनीहरू प्रतिस्पर्धामा छन् । उनीहरूले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन् ।

वर्ल्डलिंक, डिसहोम, नेपाल टेलिकमसहित करिब दुई दर्जन कम्पनीको अहिले बजारमा हालीमुहाली छ । बजारमा प्रतिस्पर्धा गर्नेमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिंकको रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

प्राधिकरणकारअनुसार असोजसम्ममा बजार हिस्साको  हिसाबले वर्ल्डलिंकका सबैभन्दा ग्राहक छन् । 

वर्ल्डलिंकका ग्राहक १० लाख ३६ हजार पुगेका छन् भने इन्टरनेट कम्पनीहरूमा सबैभन्दा बढी बजार हिस्सा कायम गर्न सफल वर्ल्डलिंक पछिको डिस होम हो । 

डिसहोमका ग्राहक ३ लाख ७७ हजार पुगेका छन् । बजार हिस्साको हिसाबले तेस्रो नम्बरमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ । 

टेलिकमका ग्राहक ३ लाख ६० हजार पुगेका छन् । बजार हिस्साको रूपमा चौथो नम्बरमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक ३ लाख २५ हजार पुगेका छन् भने पाँचौँ नम्बरमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले असोज मसान्तसम्मा २ लाख ५९ हजार ग्राहक संख्या पुर्‍याएको छ ।

बजार हिस्साका रूपमा छैटौँ नम्बरमा सुबिसु इन्टरनेट देखिएको छ । सुबिसुका ग्राहक २ लाख ५४ हजार पुगेका छन् भने सातौँ नम्बरमा वेभसफर देखिएको छ । अहिले बजारमा वेभसफरका ग्राहक १ लाख ७६ हजार रहेका छन् ।

यस्तै बजार हिस्साको हिसाबले आठौँ नम्बरमा टेकमाइन्सले देखिएको छ । टेकमाइन्सका ग्राहक १ लाख १५ हजार रहेका छन् भने नबौँ नम्बरमा वाई फाई नेपाल, दशौँ नम्बरमा सिजि कम्युनिकेसन रहेको छ । 

इन्टरनेट कम्पनीहरूले यसरी ग्राहक तानातानमा उत्रिएका छन् । अहिले पनि उपभोक्ता भने इन्टरनेट प्रयोगमा सन्तुष्ट देखिँदैनन् । इन्टरनेट प्रदायक कम्पनीहरूले इन्टरनेटमा देखिएका समस्याहरू समाधानमा समयमै समाधान गर्न चासो नदेखाउने गरेको गुनासाहरू गर्ने गरेका छन् ।  न्युज एजेन्सी नेपाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?