कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

लोकपथ
329
Shares

ललितपुर । ललितपुरस्थित कान्ति राजमार्ग सडक स्तरोन्नति तथा बिस्तार कार्यका कारण मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने भएको छ ।

ललितपुरका सूचना अधिकारी तथा इन्जिनियर उपेन्द्र महरानका अनुसार, राजमार्ग स्तरोन्नतिका लागि भित्तामा काट्ने काम भइरहेको छ । 

यसका कारण मंसिर २० गतेदेखि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि सूचना जारी गर्दै उक्त अवधि भरी वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सडक बन्द अवधिमा नागरिकहरूले समयमै योजना बनाउने र वैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?