काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते हुने भएको छ ।
असोज २८ गतेबाट जारी केन्द्रीय समिति बैठक अन्तर्गत सोमबारको बैठकले सो निर्णय गरेको हो ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आगामी पुस ८ गतेभित्र क्रियाशील टुंगो लगाउन निर्देशन दिइएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म कांग्रेसको केन्द्रीय महाधिवेशन गर्ने निर्णय सर्वसम्मतले पारित भएको प्रवक्ता महतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया