पुस अन्तिम साता विशेष महाधिवेशन गर्न कांग्रेसको संस्थापन तयार

लोकपथ
315
Shares

काठमाडौं । नेपाली कांग्रेसमा आगामी पुस मसान्तभित्र महाधिवेशनका लागि संस्थापनभित्र सहमति जुटेको छ ।

सभापति शेरबहादुर देउवा नै आगामी पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन सकारात्मक देखिएका थिए । तर केही नेताहरुले भने त्यसमा आपत्ति जनाउँदा विषय थप पेचिलो बनेको थियो ।

खासगरी नेताहरु कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले निर्वाचनअघि महाधिवेशन हुन नसक्ने भन्दै देउवासँग असन्तुष्टि जनाएका थिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आइतबार बसेको शीर्ष नेताहरुको बैठकमा पुसको अन्तिम साता महाधिवेशनका लागि एक ढिक्का भएर अघि बढ्ने सहमति भएको थियो ।

सोमबार (आज) नेताद्वय सिटौला र निधि समेत नियमित महाधिवेशनको कार्यतालिका ल्याउन सहमत भएका हुन् । आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । त्यसअघि कार्यवाहक सभापति खड्काको नेतृत्वमा पदाधिकारी बैठक बसेको छ । आजको बैठकमा कार्यवाहक सभापति खड्काले कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसअघि पदाधिकारी बैठकबाट उक्त कार्यतालिका पारित गर्न लागिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ गतेबाट जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?