मधेस प्रदेशका नवनियुक्त प्रमुख कर्णद्वारा पदभार ग्रहण

लोकपथ
168
Shares

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले बिहीबार पदभार ग्रहण गरेका छन् । जनकपुरधाम पुगेपछि उनले औपचारिक रुपमा पदभार सम्हालेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रदेश प्रमुख कर्णले सबै मिलेर काम गरे समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सीताको धर्तीमा सबै सीतारुपी सांसदहरूले स्वागत गर्दा म अत्यन्त खुशी छु । सहकार्य र समन्वयमै प्रदेशको प्रगति सम्भव छ ।

कर्णले आफूलाई दिएको जिम्मेवारी गम्भीरतापूर्वक बोध भएको बताउँदै त्यसअनुसार काम अघि बढाउने प्रतिवद्धता जनाए । उनले विधिको शासन सबैले मान्नुपर्ने र एकताबद्ध भएर अघि बढे प्रदेशले उल्लेखनीय सफलता हासिल गर्न सक्ने विश्वास पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?