प्रवासमा रहेका नेपालीलाई मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवासमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ ।

रास्वपाले मंगलबार निर्वाचन आयोग र सरकारलाई छुट्टाछुट्टै पत्र बुझाउँदै सो माग गरेको हो ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले मतदाता नामावलीमा नाम दर्ता गर्ने समयावधि थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । आज पार्टी महामन्त्री श्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु श्री गणेश पराजुली, श्री अशोक चौधरी र श्री शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराउनुभएको छ,’ रास्वपाले भनेको छ ।

आज नै रास्वपाका नेताहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी विदेशमा रहेका नवयुवाहरुलाई सम्बन्धित देशको दूतावासमार्फत् मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गराउन माग गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गरिएको छ ।
आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु श्री गणेश पराजुली, श्री अशोक चौधरी र श्री शिव नेपाली गृहमन्त्री श्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध सहितको पत्र बुझाउनुभएको भयो,’ विज्ञप्तिमा भनिएको छ ।

फागुन २१ को निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आगामी कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?