कांग्रेस केन्द्रीय समिति बैठकमा कार्कीको प्रस्ताव– ‘निर्वाचनअघि विशेष नीति महाधिवेशन गरौँ’

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै कार्कीले निर्वाचनअघि विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाउन सुझाव दिएका हुन् ।

उनले अहिलेको नै नेतृत्व रहनेगरी विशेष नीति महाधिवेशन गर्न प्रस्ताव गर्दै चुनावपछि नियमित महाधिवेशन गरेर नेतृत्व फेर्न सकिने बताए ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको परिस्थितिमा चुनावअघि विशेष महाधिवेशन गरौँ । त्यो विशेष महाधिवेशन नीति महाधिवेशनका रूपमा गरौँ,’ कार्कीले केन्द्रीय समिति बैठकमा भने, ‘हामीले लिने शिक्षा, स्वास्थ्य, सन्तुलित कूटनीतिसहितका तमाम विषयमा धारणा बनाऔँ ।’

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै एक महिनादेखि जारी रहेको छ । गत असोज २८ गतेदेखि जारी बैठकमा पार्टीको १५आँै महाधिवेशन नियमित गर्ने वा विशेष गर्ने भन्ने विषयमा बहस अल्झिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?