काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना प्रदेशसभा सदस्यहरू सर्वोच्च अदालत पुगेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरु रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।
उनीहरूलाई रिट दर्ता प्रक्रियामा मधेस प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झासमेत साथमा छन् ।
गत आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
विपक्षी दलहरूले भने यो प्रक्रिया संविधान विपरीत भएको दाबी गर्दै विरोध जनाएका छन् ।
सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जाँदै गरेको बताउँदै भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा यादवलाई शपथ ग्रहण गराएकी थिइन् । उक्त घटनापछि कांग्रेससहितका दलहरू आक्रोशित बनेका थिए ।
त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया