वाणिज्य बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

लोकपथ
28
Shares

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र २०८९’ को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

बैंकले एक हजारका दरले ३० लाख कित्ता बराबर हुन आउने रकम  तीन अर्ब बराबरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो ।

आज राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ  । उक्त सम्झौतामा वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन्  ।

 सम्झौताअनुसार वाणिज्य बैंकले तीन अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ । सो मध्येको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने  एक अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत रूपमा तथा  ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने  एक अर्ब २० करोड बराबरको रकम सर्वसाधारणका लागि निष्कासन गरिने बैंकका उप कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?