काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले केही दिनअघि लेखेको एउटा स्ट्याटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिने भएको छ ।
बालेनको स्ट्याटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै उनीमाथि युवासंघले विद्युतीय अपराधअन्तर्गत प्रहरीको साइबर ब्युरोमा आज बिहीबार जाहेरी दिन लागेको हो ।
बालेनले अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्ट्याटस लेखेपनि केहीबेरमै हटाएका थिए । तर उनले हटाउनुअगावै गरिएको स्क्रिनसट भने सामाजिक सञ्जालमा भाइरल भएको थियो । बालेनको सो स्ट्याटसको चर्को आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया