रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमाथि आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदैछ । थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने सम्बन्धमा लामिछानेले दिएको निवेदनमाथि बिहीबार सुनुवाइ हुन लागेको हो ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा लामिछाने र छविलाल जोशीले दिएको निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । उनको निवेदन न्यायाधीशद्वय बासुदेव आचार्य र ओम प्रसा अर्यालको इजलासमा पेसी तोकिएको छ ।
लामिछानेको निवेदन मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ बमोजिम सुनुवाइ हुन लागेको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ को उपदफा १ र २ मा पुर्पक्षमा रहेका जुनसुकै अवस्थामा पनि जमानतमा छाड्न सकिने सम्बन्धी व्यवस्था छ ।
संहिताको दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने सम्बन्धी व्यवस्था छ ।
दफा ७१ मा भनिएको छ, ‘मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा ६७ बमोजिम थुनामा राख्न वा दफा ६८ बमोजिम निजसँग धरौट, जमानत वा बैंक जमानत माग्न सक्नेछ र सुरुमा पुर्पक्षको लागि अभियुक्तलाई थुनामा नराखेको वा निजसँग धरौट, जमानत वा बैंक जमानत नलिएको कारणले मात्र पछि निजलाई थुनामा राख्न वा निजसँग धरौट, जमानत वा बैंक जमानत माग्न अदालतलाई वाधा परेको मानिने छैन ।’
लामिछानेले यही व्यवस्था अनुसार धरौटी वा जमानतमै थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मा राखी निवेदन दिएका थिए । सोही निवेदनमाथि बिहीबार सुनुवाइ हुन लागेको हो ।
यदि अदालतले लामिछानेसँग धरौटी माग गरी रिहा गर्न आदेश दिएमा उनले धरौट वा जमानत राखी थुनामुक्त हुन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया