ग्राहकहरूले अब कार्तिक २७ सम्म टाटा जेन्युइन पार्ट्स मेला योजनाको लाभ लिन सक्ने

लोकपथ
28
Shares

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले सञ्चालन गरिरहेको ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ योजनाअन्तर्गत ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर १३) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदकै समयमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन् ।

यस योजनाअन्तर्गतको ग्राण्ड रिभिल कार्यक्रम कार्तिक २८ गते (नोभेम्बर १४) मा गरिने भएको छ ।

यसअघि कार्तिक २१ गते (नोभेम्बर ७) मा लक्की ड्र रिभिल गर्ने जानकारी दिइए पनि, ग्राहकहरूको सहभागिता अझ बढाउन र सबैलाई अवसर उपलब्ध गराउने उद्देश्यले मिति सारिएको कम्पनीले जनाएको छ ।

लक्की ड्रबाट विजेताहरूको नाम घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा गरिनेछ । सहभागी ग्राहकहरूले लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यस अफरअन्तर्गत सहभागी ग्राहकहरूले निम्न आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्–

-बम्पर उपहार: बजाज पल्सर 150cc मोटरसाइकल

दोस्रो प्रमुख उपहार: TVS NTORQ 125 स्कुटर

अन्य उपहारहरू: स्मार्ट टिभी र स्मार्टफोन

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यस अफरले नेपालभरका टाटा सवारीसाधन प्रयोगकर्ताहरूबाट उच्च उत्साह र सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरूलाई कार्तिक २७ (नोभेम्बर 13) भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरीय, पूर्ण रूपमा टाटाद्वारा प्रमाणित तथा सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायत महत्त्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्दै गाडीको प्रदर्शनलाई अझ सुदृढ बनाउने विशेष गुणले सम्पन्न छन्। 

यसैले टाटा जेन्युइन पार्ट्स नेपालभर व्यावसायिक तथा निजी दुवै प्रकारका सवारी प्रयोगकर्ताहरूको पहिलो विश्वासको प्रतीक बनेको कम्पनीको भनाइ छ।

नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सदैव सक्कली पार्ट्स तथा गुणस्तरीय बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वासलाई निरन्तरता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?