जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

लोकपथ
182
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गत भदौ २३ र २४ गते जेनजी उमेर समूहका युवायुवतीहरुले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा आन्दोलन गरेका थिए । सो क्रममा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चरम दमन गर्दा ७६ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ४५ जनालाई शहीद घोषणा गरिएको र बाँकीको बारेमा अध्ययन भइरहेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैछ,’ उनले भने ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारले मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?