‘एकीकृत समाजवादी र माओवादीको एकता भाँड्न ओलीले कार्ड फाल्नुभयो’

लोकपथ
3.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको बताए ।

उनले बैठकमा सम्मानित नेता झलनाथ खनालले एकता नगरौँ भन्ने सुझाव दिएको भएपनि बैठकले एकता गर्ने पक्षमा निर्णय लिने दाबी गरे । माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा मार्क्सवाद लेनिनवादलाई आफूहरुले पनि मान्ने गरेको बताए ।

आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेको बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानै घर फर्किनुस् भन्ने आह्वान पार्टी एकता भाँड्नका लागि भएको जिकिर गरे ।

उनले भने, ‘नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी नेपाल यी तीन दलहरु एकीकरण गर्नका निम्ति पूर्ण विश्वासका साथ काम गरिरहेका छौँ । एकता हुन्छ । बैठकमा सम्मानित नेता झलनाथ खनालले राख्नुभएको सुझाव हो, एकता नगरौँ । गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो । बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो । निर्णय एकताको पक्षमा हुन्छ । र एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ । माओवाद उसले छोड्ने भयो, माओवादीलाई मार्गदर्शक सिद्धान्तका रुमपा मार्क्सवाद लेनिनवादलाई मान्छ । हामी पनि त्यसलाई मान्छौँ । धेरै कुराहरु हामीले छलफल गरेर डकुमेण्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौँ । केपी ओलीको आह्वान यो साजिस हो । हाम्रो एकता भाँड्न प्रयास गरेको मात्रै हो । उहाँ एकताको लागि कहिल्यै हुनुहुन्न ।’

एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?