काठमाडौं । खराब मौसमका कारण नेपालको आन्तरिक उडानमा समस्या देखिएको छ ।
विमानहरु धमाधम डाइभर्ट हुँदा विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण गर्न सकेन ।
बिहीबार बिहान बिराटनगरबाट उडेको फ्लाइट नम्बर ७३२ को श्री एयरलाइन्सको जहाज पुनः विराटनगर नै अवतरण गरेको हो ।
सोही जहाजमा सवार नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विराटनगरका लागि काठमाडौं उडेका थिए । तर जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि पुनः विराटनगरमा नै अवतरण गरेको नेता घिमिरेले जनाएका छन् ।
१४५ माइल दूरिमा रहेको काठमाडौं–विराटनगर उडानको समय ३५–४० मिनेट लाग्ने गर्दछ । तर खराब मौसमका कारण जहाज आकाशमा नै घुमेर पुनः विराटनगर नै फर्किएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया