काठमाडौं । बंगलादेशमा जारी सेन्ट्रल एशिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३-० को सोझो सेटमा हराएको हो ।
अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२१ ले पराजित भएको हो ।
चौथो खेलमा नेपालको यो तेस्रो हार हो । नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरेको थियो । त्यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया