कास्की कारागारबाट फरार १५७ कैदी पक्राउ

लोकपथ
196
Shares

पोखरा ।  जेनजी आन्दोलनको क्रममा कास्की जिल्लाको जिल्ला कारागार कार्यालयबाट फरार भएका कैदी बन्दीमध्ये ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी हरिबहादुर बस्नेतका अनुसार, कास्की प्रहरीसहित अन्य जिल्लाका प्रहरी कार्यालयले फरार कैदीलाई समात्दा कुल संख्या १२१ पुगेको छ ।

कास्की जिल्लाबाट पक्राउ परेका ८३ कैदीमा विभिन्न मुद्दाका अभियुक्त रहेका छन् । तीमध्ये जबरजस्ती करणीका १७, लागू औषध सम्बन्धी १, चोरीका २५, कर्तव्य ज्यानका ८, ज्यान मार्ने उद्योगका ९, अभद्र व्यवहारका ४, सवारी अंगभंगका १ र कुटपिटबाट अंगभंगका १ जना रहेका छन् ।

त्यसैगरी, फरार कैदीमा अन्य जिल्लाका नागरिक पनि समावेश छन् । तनहुँबाट २६, स्याङ्जाबाट ३, गोरखाबाट ६, लम्जुङबाट २ र म्याग्दीबाट १ जना फरार भएका थिए ।

डिएसपी बस्नेतका अनुसार, कास्कीमा कैद भएर भागेका केही कैदीले अन्य कारागारमा हाजिर हुने प्रक्रिया पूरा गरेका छन्, जसको संख्या ३६ रहेको छ । यसअघि फरार कैदी पक्राउ परेका कुल संख्या १५७ जनासम्म पुगेको थियो ।

प्रहरीले फरार कैदी नियन्त्रण र सुरक्षा प्रबन्धलाई अझ कडा बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?