बैसाखी टेकेर प्रधानमन्त्री भेट्न पुगे, भेट गर्न नपाएपछि निराश भएर फर्किए जेनजी आन्दोलनका घाइते

लोकपथ
350
Shares

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की जेनजी घाइतेसँग भेट गर्नबाट पन्छिएकी छन् ।

आइतबार पाँच बुँदे माग लिएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका जेनजी आन्दोलनका क्रममा घाइतेहरुसँग समय व्यस्तता भन्दै प्रधानमन्त्री कार्कीले भेट गर्नबाट टाढिएकी हुन् ।

जेननजीका घाइतेहरु बिहान ९ बजेदेखि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबारमा पुगेका थिए । तर प्रधानमन्त्र्री कार्की बिहानैदेखि बालुवाटारबाट निस्किइनन् ।

प्रधानमन्त्रीले भेट्न नआएपछि जेनजी घाइतेहरु आक्रोशित भएका छन् । उनीहरुले भदौ २३ र २४ को गोली प्रहारको तत्काल न्यायिक कारवाही हुनुपर्ने माग आफूहरुको रहेको बताएका छन् ।

त्यस्तै उनीहरुले संवैधानिक सुुधार र जनमत संग्रह, जेनजेड आन्दोलनको संरक्षण र कानूनी सुरक्षा, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता तथा सम्पती छानबिन, संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक लगायतका माग आफूहरु रहेको बताएका छन् । साथै उनीहरुले पाँच दिनभित्र आफ्ना माग पूरा हुनुपर्ने अल्टिमेटम दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा जेन—जीका घाइतेहरु थप आक्रोशित भएपछि प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्रीले आइतबार (आज) बालुवाटारबाटै काम गरिरहनुभएको बताए । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेट गर्नसक्ने अवस्था नरहेको बताए ।

गत भदौ २३ र २४ गते भएको जेन—जी पुस्ताको आन्दोलनका क्रममा दर्जन बढी घाइते भएका छन् । उनीहरुमध्ये केहीको उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?