पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकामातहत रहेको फोहर पानी प्रशोधन केन्द्रसँग सम्बन्धित कागजात अनुसन्धानका लागि लगेको छ ।
सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको उक्त केन्द्रबारे उजुरी परेको भन्दै आयोगको टोलीले आवश्यक कागजात संकलन गरेको हो ।
आयोगको हेटौँडा कार्यालयका सूचना अधिकारी विमोचन घिमिरेका अनुसार टोलीले प्रारम्भिक अनुसन्धानका लागि सम्बन्धित सबै कागजात ल्याएको हो । उनले भने, ‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि वीरगञ्ज महानगरबाट कागजात लिएको हो ।’
करिब २७ करोड रुपैयाँ लागतमा निर्माण भएको फोहर पानी प्रशोधन केन्द्र सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा तयार गरिएको थियो । अहिले सो केन्द्रको निर्माण प्रक्रिया, खर्च विवरण र गुणस्तरसम्बन्धी विषयमा आयोगले अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया