काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज (बुधबार) अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएको छ ।
यसअघिका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।
सिंहको राजीनामा संविधानको धारा १६९ उपधारा (१) अनुसार स्वीकृत गरिएको थियो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् ।
निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न जानकारीका लागि अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया