काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्र्दै संकलन भएको हस्ताक्षर बुधबार (भोलि) मात्रै बुझाइने भएको छ ।
आज पार्टी कार्यालय सानेपामा हस्ताक्षर लिएर पुगेका नेताहरुलाई फर्काइएको छ । साथै भोलि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइने महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
आज नै केन्द्रीय समिति बैठकपछि नेताहरुले हस्ताक्षर बुझ्नुपर्ने मागसहित नेताहरुलाई दबाब दिएका थिए । तर आपसी छलफल र सल्लाह गरेर भोलि मात्रै उक्त हस्ताक्षर बुझ्ने भन्दै महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेताहरुलाई फर्काएका थिए ।
जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वयले देशभर हस्ताक्षर अभियान चलाएका थिए । १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरुमध्ये ५० प्रतिशत बढीले हस्ताक्षर गरेको दाबी गरिएको छ ।
त्यसो त आज बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन् । भोलि दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा उनै कार्यवाहक सभापति खड्काले हस्ताक्षर बुझ्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया