मधेसका मुख्यमन्त्री सिंहले दिए पदबाट राजीनामा

लोकपथ
322
Shares

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिनुपर्ने क्रममा उनले आफ्नो मन्तव्य राख्दै राजीनामा घोषणा गरेका हुन् । सिंहले राजनीतिक स्थिरताको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताए ।

राजीनामा घोषणा गर्दै उनले आफ्नै पार्टी जनमत र पार्टी अध्यक्ष डा.चन्द्रकान्त राउतप्रति असन्तोष प्रकट गरे ।

सिंहले पार्टीका केही नेताहरूले कांग्रेससँग मिलेर आफूविरुद्ध षड्यन्त्र रचेको आरोप लगाए । उनका अनुसार, आफू मुख्यमन्त्री बनेको पहिलो दिनदेखि नै यस्तो षड्यन्त्र सुरु भएको थियो ।

डा. राउतको नेतृत्वमा पार्टीभित्र लोकतान्त्रिक मूल्य र संस्कारविपरीत काम भइरहेको भन्दै उनले कार्यकर्तालाई ‘भगवान’ ठान्ने प्रवृत्तिको आलोचना गरे । जनताको हित र लोकतान्त्रिक संस्कृतिको रक्षा गर्नकै लागि राजीनामा दिएको उनले स्पष्ट पारे ।

सदनमा लिखित वक्तव्य पढ्दै सिंहले पार्टी नेतृत्वलाई चेतावनी पनि दिए र आगामी चुनावमा डा.राउतकै विरुद्ध प्रमुख प्रतिस्पर्धीका रूपमा देखिन सक्ने संकेत गरे ।

सिंहको राजीनामा घोषणा भएपछि सभामुख रामचन्द्र मण्डलले अब विश्वासको मतको प्रक्रिया आवश्यक नभएको भन्दै अर्को सूचना नआएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?