पूर्वसभामुख महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु

लोकपथ
119
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका महराविरुद्ध सरकारी वकिल कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरिएको छ ।

अदालतले थुनछेक बहसपछि उनीहरूलाई थुनामा राख्ने वा साधारण तारेखमा रिहा गर्ने निर्णय गर्नेछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार उनलाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा ली हासोङ्गले ल्याएको भेपमार्फत सुन तस्करीको पूरक अभियोगमा अहिले महरालाई मात्र प्रतिवादी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?