काठमाडौं । चाडबाडका बेलामा कुमाले समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ । तर अरु बेला भने उनीहरूले काम नै पाउँदैनन् ।
माटोका भाँडाको बजार अरु बेलाभन्दा चाडपर्वका बेलामा राम्रो हुन्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटाको भाँडाकुँडा बनाउनदेखि बेच्नमा व्यस्त छन् ।
चाडबाडका समयमा माटोका भाँडाकुँडाको कारोबार राम्रो हुने भएकाले कुमाल समुदायका व्यक्तिहरुको व्यस्तता बढेको छ । तर माटोको भाँडो बनाउने पेसा लोप हुनुका साथै विद्युतीय बल्बले माटोका दियोको स्थान लिन थालेपछि उपेन्द्रलाई चिन्ता लागेको बताए ।
दीपावली, छठ लगायतका पर्वमा माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामग्रीको माग बढ्छ । तर कुम्हाल समुदाय भने मेहनतअनुसारको मूल्य नपाएको गुनासो गर्छन् ।कुमाल पेसामै लागेर घर परिवार चलाउन भने समस्या हुँदै आइरहेको गुनासो उनी गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया