सुनको मूल्य २ लाख ४० हजार नाघ्यो, चाँदी पनि महँगियो

लोकपथ
490
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले २ लाख ४० हजार रुपैयाँ नाघ्दै हालसम्मकै उच्च बिन्दु छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला २ लाख ४० हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ३ हजार २२० पुगेको छ ।

हिजो (आइतबार) सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार र चाँदीको ३ हजार १२५ थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । हाल सुनको मूल्य प्रति औँस ४ हजार ७१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?