काठमाडौं । धनकुटामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिका–९ पाँचगोला सडक खण्डमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक प्र-३-०१-००३ क ६९०६ गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको ट्रकका सहचालक, उदयपुर रानीटारका १८ वर्षीय दिनेश क्षेत्रीको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते ट्रक चालकको सोही अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया