कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक सुवेदी पक्राउ

लोकपथ
1.8k
Shares

काठमाडौं । कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको आरोपमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

सो प्रकरणमा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सुवेदीलाई काठमाडौंको शंखमुल क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिले कीर्ते कागजातमार्फत पशु औषधि भित्र्याएको र त्यसमा आवश्यक भन्सार प्रक्रिया पूरा नगरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

हाल सुवेदीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?