काठमाडौं । नेपालको ठूलो व्यवसायीक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका शहीद परिवारका सदस्यहरुलाई रोजगारी दिने भएको छ ।
चौधरी ग्रुपले भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका प्रत्येक शहीद परिवारबाट एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको हो ।
चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा लेख्दै शहीद परिवारलाई रोजगारी दिने वाचा मात्र नभएर कर्तव्य र श्रद्धा रहेको समेत बताएका छन् ।
‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो,’ उनले भनेका छन् ।
जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुप अन्तर्गतका कतिपय व्यवसायीक प्रतिष्ठानमाथि समेत आक्रमण भएको थियो । निर्वाणले सामाजिक सञ्जालमा लेख्दै आफूहरु पुनः उठ्ने र देशको सुन्दर र उज्जल भविष्य निर्माण गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ,’ उनले भनेका छन् ।
शहीद परिवारका सदस्यलाई रोजगारी दिन आफूहरुले सम्पर्क गर्ने र कोही छुटेमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
जेनजी आन्दोलन ः प्रत्येक शहीद परिवारबाट एक जनालाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया