काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका आयुक्तहरूले मंगलबार छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा.जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा पुगेका थिए ।
प्रधानमन्त्री कार्कीसँग आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ । छलफलमा निर्वाचनका लागि आवश्यक तयारी, बजेट व्यवस्थापन, मतपेटिका र अन्य भौतिक सामग्रीका विषयमा कुराकानी भएको बताइएको छ ।
जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पतन भएपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त गरिएको थियो । अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया