बालेन र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन एमाले अखिल काठमाडौं प्रहरी परिसर जाँदै

लोकपथ
700
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ । 

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा एमाले अखिलले बालेन र सुदनविरुद्ध जाहेरी दिन लागेको हो । 

अखिलका महासचिव दीपक धामीले उनीहरुविरुद्ध उजुरी दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा जान लागेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?