शीर्ष नेताहरूको पक्राउको मागसहित जेनजी समूह काठमाडौं प्रहरी परिसरमा

लोकपथ
595
Shares

काठमाडौं । सुदन गुरुङ लगायतको जेनजी समूह पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर पुगेको छ । 

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो । 

मंगलबार अपरान्ह गुरुङ लगायतको जेनजी समूहले माइतीघर मा पूर्वप्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने मागसहित विरोध जनाएका छन् । 

जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेनजीले दबाब बढाइरहेका छन् । 

यसबारेमा तीन वटै सुरक्षा निकायहरूसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेकी छन् ।  

प्रहरीले भने प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्न सकिने र बाँकी प्रक्रिया अघि बढाउने भन्दै जाहेरी दर्ता गर्न पुगेका जेनजी प्रतिनिधिहरूलाई फर्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?