पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रुपन्देही घर भई हाल पोखरा बस्ने २२ वर्षीय संजोक थापा रहेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री निवासमा आगजनी गरिएको थियो । त्यसपछि असोज १२ गते पुनः सो निवासमा दोस्रो पटक आगजनी भएको थियो ।
प्रहरीका अनुसार थापाले मुख्यमन्त्रीको निवासमा आगजनी गर्नुका साथै पोखरास्थित राष्ट्र बैंकको कम्पाउन्ड नजिकै रहेको एनआइएमबी बैंकको एटिएम मेसिनमा ढुंगा प्रहार गरी तोडफोड गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया