बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

लोकपथ
350
Shares

 काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा हालै आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सन्देश प्रकाशित गर्दै बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘यस कठिन समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार तथा नेपाली दाजुभाइबहिनीहरूसँग ऐक्यबद्ध छन् ।

हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोका घटना घट्दा ठुलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?