प्रधानमन्त्री कार्कीले बोलाइन् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

लोकपथ
203
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएकी छन् । बैठक मंगलबार बिहान साढे ११ बजे बस्नेछ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकमा बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका विषयमा महत्त्वपूर्ण निर्णय हुनेछन् । 

बैठकले राहत वितरणलाई प्रभावकारी बनाउने, क्षति भएका संरचनाको पुनर्निर्माण गर्ने र अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

भट्टका अनुसार हालसम्मको विवरणमा बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता र २४ जना घाइते छन् । घाइतेको निःशुल्क उपचार भइरहेको र पीडित परिवारलाई खाद्यान्न लगायत सहयोग पुर्‍याइरहेको उनले जानकारी दिए ।

उनका अनुसार केही स्थानमा अझै खोज तथा उद्धार कार्य जारी रहेको र जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?